शिक्षककै असहयोगका कारण भर्ना अभियान प्रभावित

काठमाडौं–जेठ १५ । सरकारले तामझामका साथ सुरु गरेको मुस्कानसहितको विद्यार्थी भर्ना अभियान अधिकांश विद्यालयमा असफल भएको छ ।
student smallसरकारी तथा सामुदायीक विद्यालयमा विद्यार्थी भर्ना दर र उपस्थिति बढाउने रणनीति सहित सुरु गरिएको मुस्कानसहितको भर्ना अभियान शिक्षककै असहयोगबाट असफल भएको हो । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि एकातिर सरकारले उर्दी जारी गरिरहेको छ भने अर्कोतिर तिनै विद्यालयका शिक्षक आफूले लगानी गरेका बोर्डिङ स्कुलका लागि विद्यार्थी खरिद गर्न गाउँगाउँ धाइरहेका छन् । जसका कारण सामुदायीक तथा सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्नुको साटो उल्टै घट्न पुगेको छ ।
स्थानीय अभिभावक नै सरकारी शिक्षककै उक्साहटका कारण विद्यार्थी भर्ना बोर्डिङ तर्फ बढेको बताउँछन । देशका विभिन्न जिल्लाका प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म मुस्किलले ५० जनासम्म विद्यार्थी भर्ना हुने गरेका छन् । तर जिल्लामा सञ्चालित सामान्य बोर्डिङ स्कुलमा पनि ३ सयको हाराहारिमा विद्यार्थी छन् ।
अझ, जाजरको जिल्लाका २८४ वटै सामुदायिक प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या निकै घट्दो दरमा रहेको छ भने बोर्डिङ स्कुलमा विद्यार्थी सङ्ख्या बढ्दोरुपमा रहेको छ । जिल्लाभरि रहेका १५ बोर्डिङ स्कुलमा मात्रै तीन हजार बढी विद्यार्थी सङ्ख्या रहेकोमा २ सय ८४ वटा सामुदायिक विद्यालयमा पनि उत्तिकै विद्यार्थी रहनु दयनीय अवस्था छ ।

आखिर सरकारी विद्यालयको तलब खाएर बेइमानी गर्ने शिक्षकका कारण सामुदायिक विद्यालयको व्यवस्थापन कमजोर भइरहदा पनि किन बेखबर छन त सरोकारवाला निकायहरु ?

तपाईको प्रतिक्रिया