विभिन्न आकर्षक योजना सहित ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौ–जेठ १५ । सरकारले आज आर्थिक वर्ष २०७३्०७४ को बजेट सार्वजनिक गर्दैछ । योजना आयोगको सिलिङभन्दा ठूलो आकारको अर्थात झण्डै १० खर्बको बजेट ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

budget n bisnuमन्त्रालयका अनुसार नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले ठूलो आकारको बजेट ल्याउन लागेको हो । बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, भूकम्पपछिको पुनःनिर्मालाई प्राथमिकतामा राखिएको बताइएको छ । चीनतर्फका नाका विस्तार र पूर्वाधारमा उल्लेख्य रकम, किसानलाई सामाजिक सुरक्षा, पत्रकारलाई पेन्सनको व्यवस्था बजेटमा समावेश गरिएको छ । रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर निर्माण, फास्टट्रयाक आगामी वर्षबाटै सुरु गर्ने घोषणा र रकम तथा गाविस र नगरपालिकाको अनुदान रकम वृद्धि गरिएको छ ।
‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ब्यूताउन लागिएको छ भने वृद्धिबृद्धा, अपाङका लागि दिइने सामाजिक सुरक्षा भत्ता बढाइएको बताइएको छ । बजेटसँगै सांसदलाई दिइने निर्वाचन क्षेत्र विकासका दुइवटै कार्यक्रमको रकम बढ्ने छ । वृद्धवृद्धा, एकल महिला र अपांगहरूको सामाजिक सुरक्षा भत्ता वृद्धि हुने तथा जेष्ठ नागरिकका लागि बजेट मार्फत स्वास्थ्य बिमाको कार्यक्रम घोषणा हुने बताइएको छ ।

बजेट ४ बजे अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा प्रस्तुत गरेर सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया