विभिन्न कार्यक्रम सहित मनाइयो गणतन्त्र दिवस

काठमाडौं–जेठ १५ । विभिन्न कार्यक्रम सहित शनिवार नवौँ गणतन्त्र दिवश मनाइएको छ ।

vlcsnap-2016-05-28-13h30m41s668मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका रुपमा घोषणा भई आठ वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । संविधानसभावाट संविधान जारी भएपछिको यो पहिलो गणतन्त्र दिवश हो । यहि अवसर परेर आज सैनिक मञ्च टुडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

vlcsnap-2016-05-28-13h31m58s267समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधिश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनितिक नियोगका प्रमुख र सरकारका उच्च अधिकारीहरुको सहभागिता रह्यो । समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनाताको लामो समयको बलिदानको प्रतिफलको परिणामस्वरुप गणतन्त्र प्राप्त भएको स्मरण गराउँदै अहिलेको आवश्यकता राष्ट्रिय सहमति रहेको बताउँनुभयो । vlcsnap-2016-05-28-13h32m16s473प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धि संस्थागत गर्दै सम्वृद्धिको योजनामा लाग्न नेपाली जनतालाई आह्वान गर्नुभएको थियो ।

दिवशको अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट गणतन्त्र दिवसको तुल प्रर्दशन सहित पुष्पबृष्ट्रि गरिएको थियो । vlcsnap-2016-05-28-13h32m26s296सैनिकमञ्च टुडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र खेलाडीहरुले मार्चपाससहित विभिन्न कला प्रस्तुत गरेका थिए ।

vlcsnap-2016-05-28-13h33m00s880यस्तै, गणतन्त्र दिवशको अवशरमा काठमाडौ महानगरपालिका, ललितपुर र भक्तपुर उपमहानगरपालीकाले झाँकी सहितको परेड प्रर्दशन गरेको थियो ।

vlcsnap-2016-05-28-13h34m44s153जनआन्दोलन २०६२–०६३ को जगमा स्थापित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र नेपालको घोषणा गरेको थियो ।

vlcsnap-2016-05-28-13h31m20s921राष्ट्रपतिले नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।
विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

तपाईको प्रतिक्रिया