डेनमार्कमा निर्मित श्रवण यन्त्र (हेयरिङ्ग एड) नेपाल मै पहिलो पटक

काठमाडौं–जेठ । तपाई जो कोही पनि कान नसुन्ने समस्याबाट ग्रस्त हुनुहुन्छ भने अब धेरै चिन्ता नलिनुस । डेनमार्कमा निर्मित उच्चतम प्रविधिको श्रवण यन्त्र (हेयरिङ्ग एड) नेपालमै पहिलो पटक सेवा केन्द्र सहित बिक्रिवितरण सुरु भएको छ ।

mms2

यो यन्त्र नेपालमा रहेका श्रवण क्षमताका रोगीलाई लक्षित गर्दै वाइडिक्स नेपालको सहकार्यमा म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडले ल्याएको हो ।
कम्पनिले आज एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको श्रवण यन्त्र अन्य यन्त्रको तुलनामा आधुनिक र प्राकृतिक रहेको दाबी गरेको छ । कम्पनिका अनुसार यो यन्त्र लगाउने कानका बिरामीले प्रकृतिक जस्तै आवज सुन्न र कामकारबाही गर्न सक्नेछन, झट्ट हेदा कानमा राखेको यन्त्र नदेखिने भएकाले अन्यको तुलनामा अझ उपयोगी हुने दाबी म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडको छ ।
widex-hearing-aidsवाक तथा श्रवण विशेषज्ञ रन्जीत शाहका अनुसार औषधी मार्फत श्रवण क्षमताको उपचार सम्भव नभएका बिरामी र १३ लाखसम्म खर्चेर सर्जरी गर्न नसक्ने बिरामीका लागि यो श्रवण यन्त्र फलदायी हुनेछ । जन्मजात, दुर्घटना तथा ध्यनि प्रदुषणका कारण व्यक्तिको श्रवण क्षमता गुम्ने भन्दै साह बेलैमा जाँच गरेर आधुनिक र प्राकृतिक क्षमताको श्रवाण यन्त्रको लाभ लिन आग्रह गनुहुन्छ । व्यक्तिको सुन्ने क्षमताको प्रतिशतका आधारमा आवश्यकता अनुसार श्रवण यन्त्र यस क्षेत्रका विज्ञले जडान गर्नेगर्दछन । एक पटक राखेपछि यो उपकरण ७ देखी १० बर्षसम्म काम गर्ने कम्पनिको दाबी छ ।
यस्तै, कान नसुन्ने बिरामीको सेवा सहितको व्यापारा थालेको दाबी गर्ने एमएमएसले जेठ १५ र १६ गते सिनामंगल एयरपोर्ट गेट अगाडी रहेको आफ्नै भवन म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडमा निःशुल्क कान जाँच शिविर सञ्चालन गर्ने भएको छ । यो शिविरबाट तपाईहरु पनि लाभ लिन सक्नुहुने छ । श्रवण समस्याका आधारमा विभिन्न किसिमको यन्त्र हुने भएकाले नेपाली बजारमा एउटा यन्त्रको मूल्य न्युनतम २० हजारदेखी ३ लाख सम्म पर्ने म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडले जनाएको छ ।
अहिले जन्मजात, दुर्घटना र ध्वनी प्रदुषणका कारण विश्वभर श्रवण समस्याका बिरामीको संख्या बढ्न थालेको छ । नेपालमा मात्रै १२ देखी १५ प्रतिशत कान नसुन्ने समस्याका बिरामी रहेको बताइन्छ । एसियामा समेत १२ प्रतिशतमा यो समस्या देखिएकोमा सबैभन्दा बढी अमेरिकामा २५ प्रतिशत व्यक्तिमा कान नसन्ने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया