सरकारको नेतृत्व गरिहेको दल एमालेमा विवाद बढ्दो

काठमाडौं–जेठ १४ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भित्र विवाद देखिएको छ । भाषण बाजी र उखान टुक्काबाट चर्चामा रहेका प्रधानमन्त्री केपी ओलीको पार्टी एमालेभित्र चरम असन्तुष्टि देखिएको हो । पार्टीका दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी नै सखाप पार्न खाजेको आरोप लगाए पछि विवाद सतहमा आएको हो । मंगलबार र बुधबार दुई दिनसम्म चलेको मदन भण्डारी अध्ययन केन्द्रको भेलामा दुई वरिष्ठ नेतालले अध्यक्ष ओलीको कडा आलोचना गरेपछि दुई पक्षका नेताबीच वाकयुद्ध नै चलेको छ । दुवैपक्षले एकले अर्कोलाई गुटबन्दी गरेको आरोप समेत लगाएका छन् । वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वले नाता, गोता र आफन्तलाई मात्र काखि च्यापेको भन्दै महाधिवेशनपछि पार्टीको वैधानिक निकायबाट निर्णय नै हुन छाडेको आरोप लगाएका थिए । तर अध्यक्ष ओली निकट एमाले सचिव पृथ्वीसुब्बा गुरुङले भने गुटगत राजनीति गर्ने जोकोहि पक्षको भएपनि कारबाहि गर्नुपर्ने बताउंछन् । दुई वरिष्ठ नेताले पार्टी सदस्यतामा मनपरि गरेको, अनियमिता गरेको भनि लगाएको आरोप संगठन विभाग प्रमुख रहेका सचिव गुरुङले भने अस्वीकार गर्छन ।एमालेमा संस्थापन पक्षले मदन भण्डारी फाउण्डेसन र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रको नाममा आफ्नो पक्षको कार्यक्रम चलाउंदै आइरहेका छन् । फाउन्डेसनको अध्यक्ष अहिले मदनकी छोरी उषाकिरण छिन् भने अध्ययन केन्द्रको नेतृत्व पार्टीका सचिव योगेश भट्टराईले गरेका छन् । फाउन्डेसनको संस्थापक अध्यक्ष एमाले उपाध्यक्ष हुंदा वर्तमान राष्ट्रपति विद्या भण्डारी थिइन् । उनीपछि नेतृत्व छोरीमा सरेको हो । फाउण्डेसन र केन्द्रलाई दुवै पक्षले अहिले आफ्नो गुटको कार्यक्रम गर्ने थलोको रुपमा विकास गरेका छन् ।

तपाईको प्रतिक्रिया