काठमाडौं–जेठ १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षयरोग उन्मुलन गर्न सुर्ती भएका पदार्थमा कर बढाएर प्रयोगकर्ताहरूलाई होतोत्साही गराउनुपर्ने धारणा राख्नुभएको छ । काठमाडौंमा आज भएको दि युनियन साउथ इष्ट एसिया रिजनको तेस्रो श्वास प्रश्वास र क्षयरोगसम्बन्धी तेस्रो सम्मेलनमा उहाँले क्षयरोगको कारण नै धुम्रपान भएकाले हतोत्साही गर्ने ढंगले कर बढाउनुपर्ने बताउनुभएको हो । कार्यक्रममा विभिन्न देशका प्रतिनिधी र श्वास प्रश्वास र क्षयरोगसम्बन्धी सरोकारवालाहरूको उपस्थिति रहेको छ । सम्मलेन २ दिन चल्नेछ ।