मुल्य बृद्धिको चरम मारमा सर्वसाधारण

काठमाडौं–जेठ १३ । उपभोक्ताले दैनिक रुपमा खरिद गर्ने अधिकांश अत्याबश्यक खाद्यबस्तुको मूल्यमा  कम्तिमा १० प्रतिशत भन्दा बढी भाउ बढेको छ । अघिल्ला बर्षहरुको तुलनामा बजारमा दालजन्य खाद्यबस्तु, चामल, खानेतेल लगायतका खाद्यबस्तुको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । बिहिबार बसेको संसद बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले पेस गरेको आर्थिक सर्वेक्षण अनुसार यो बर्ष ९ दशमलव ७ प्रतिशतले मूल्यबृद्धी भएको छ ।

अर्कोतिर कालोबजारी र खुलेआम बस्तु तथा सामग्रीको भाउ बढाएर आफूखसी मुल्य निर्धारण गर्ने ब्यापारीहरुको प्रबृतिले बजार भाउ छोanugamanइनसक्नु भएको उपभोक्ताको गुनासो छ । बजार अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएका सरकारी नियमनकारी निकायको फितलो कार्यशैलीका कारण मूल्यबृद्धीलाई प्रोत्साहन भइरहेको उपभोक्ता अधिकारकर्मीहरुले बताउछन् ।

सरकारले आपूर्ति ब्यवस्था सहज बनाउन तथा बजारमा हुने अस्वभाविक मूल्य बृद्धी नियन्त्रणका लागि नियमनकारी निकायका रुपमा आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभाग खडा गरेको छ ।

तर विभाग नागरिकको समस्या सुनेर बजार नियन्त्रण गर्नुपर्नेमा आफै बिभिन्न समस्यामा रुमल्लिरहेको छ । बिभागमा कर्मचारी संख्या थोरै तथा नयाँ भएको र कर्मचारीको क्षमता विकासका लागि तालिम आवश्यक रहेको विभागका पदाधिकारीको भनाई छ । गत माघ महिनामा १ सय १ पटक बजार अनुगमन गरेको विभागले कसुर गर्ने ब्यापारीलाई कारबाहीको साटो सचेत गराएर मात्र छोडेको छ ।

तपाईको प्रतिक्रिया