काठमाडौं–जेठ १३ । विहीबार यातयात व्यवसायीले नयाँ ट्राफिक जरिवनाको विरोध गर्दै देशभर चक्काजाम गरिरहँदा ट्राफिक प्रहरी महाशाखाले भने जरीवाना सम्बन्धी नयाँ नियम लागु भएपछि ट्राफिक नियम उल्घङन सम्बन्धी घटनामा कमी आएको तथ्य सर्वाजनिक गरेको छ । जरिवाना सम्बन्धी नयाँ नियम लागु भएको पछिल्लो १२ दिनमा ट्राफिक नियम उल्घङ्नका घटनामा कमी आएको प्रहरी जानकारी दिएको हो ।
गत बैशाख १२ गते र जेठ १२ गतेको भएका ट्राफिक नियम उल्घङनका ठूला घटनालाई विश्लेषण गर्दा जेठ १२ गते यता ट्रापिक नियम उल्घङनका घटनामा झण्डै आधा भन्दा बढिले कमी आएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता लोकेन्द्रबहादुर मल्लको दाबि छ ।
सरकारले गत जेठ १ गतेदेखि लागु ह्ुने गरी ट्राफिक नियम उल्घङन गर्नेलाई पहिला लिइदै आएको जरिवना बढाएको थियो । नयाँ जरिवानको नियमअनुसार कुनै पनि ट्राफिक नियमको उल्घङन गर्दै कम्तीमा पाँच सय रूपैयाँ र बढिमा १५ सय तिर्नुपर्ने छ । यस अघि ट्राफिक नियम उल्घङन गर्नेलाई २५ रूपैयाँ देखि बढिमा २ सय रूपैयाँसम्म जरिवाना गरिदै आइएको थियो ।
ट्राफिक नियम उल्घङन गर्नेलाई ल्याइएको जरिवना सम्बन्धी नयाँ व्यवस्थामा सर्वसाधारण राम्रोसँग साथ दिएको प्रहरीको दाबि छ । यातयात व्यवसायीले ट्राफिक जरिवना बढाएको विरोधमा देशभर चक्काजाम गरेर विरोध गरेपनि ट्राफिक प्रहरीले भने नयाँ नियम लागू भएपछि ट्राफिक नियम उल्घङ्न र दुर्घटना घटना समेत कमी निष्र्कष निकालेको छ ।