आगामि बजेटले मुलुक र जनाताको हित गर्दैन : नेता महत

ramsaran n netaकाठमाडौ–जेठ १२ । नेपाली काग्रेसका नेता प्रकाश शरण महतले सरकारको आगामि बजेट दीर्घकालमा मुलुक र जनताको हित नगर्ने खाले कार्यकर्तालाई रकम बाड्ने गरी वितरण मुखी बजेट आउने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्रीले बोले जस्तो बोल्ने बजेट मात्रै आउँने दाबी गर्नुभयो । नेता महतले भएका पुराना औद्योगिक क्षेत्रहरु धारासायी बनेर बन्द रहेको अवस्थामा कार्यकर्तालाई जागिर दिन नयाँ नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेर नियूक्ती दिन थालिएको भन्दै मुलुकमा कालाबजारी, महंगी र तस्करी चलिरहेको विषयमा सरकार संबेदनशिल नभएको आरोप लगाउनुभयो ।
नेता महतले प्रधानमन्त्रीले हावादारी कुरा बोल्न छाड्नु पर्ने सुझाव दिदै अहिले प्रधानमन्त्री आखाँ बन्द गरेर राम्रो सपना देख्न भनिरहेको तर्क गर्नुभयो । नेता महतले विदेशी लगानी नआएसम्म मुलुकको आर्थिक विकास नहुने भन्दै सरकारले पर्यटन क्षेत्रमा विदेशी लगानीलाई ४९ प्रतिसत लगानीमा सिमि तगर्न लागिएको प्रति आपत्ति प्रकट गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता देब गुरुङले मुलुकको अर्थतन्त्र कमजोर भएको बेला ठूलो बजेट ल्याउन नहुने भन्दै ठूलो बजेट ल्याउँदा आन्तरिक स्रोतले नपुग्ने र त्यो अवस्थामा विदेशी ऋणमा भर पर्दा उनीहरुको सर्त मान्नु पर्ने भएकोले राष्ट्रिय स्वाधिनता संकटमा पर्ने दावी गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देबकोटाले मुलुकको प्रमुख समस्या भनेको बजेटको कार्यन्वयन नै भएकोलेयसमा विशेष ध्यान दिनु पर्ने भन्दै संविधानको कार्यान्वयन, दिगो विकास, विकासोन्मुख मुलुकको सूचिमा पुराउने लक्ष्यसहित ठूला र मेघा प्रोजेक्टहरुलाई बजेटले सुरुवात गर्नु पर्ने धारणा राख्नुभयो ।

 

 

Published On:  417पटक हेरिएको

तपाईको प्रतिक्रिया