मधेशी दल र सरकारीवीच वार्ताको नाममा जुहारी

काठमाडौं–जेठ १२ । तीन दर्जन पटकसम्म सरकारसँग वार्ता भएपनि सरकार वार्ताप्रति गम्भिर नभएको भन्दै काठमाडौकेन्द्रीत आन्दोलन थालेको मधेशी मोर्चाले सरकार वार्ताप्रति गम्भिर नभएको आरोप लगाएको छ । आन्दोलनमै रहेको मोर्चाले २९ दलीय गठबन्धन बनाSarkar-Morcha-barta-1-e1446111572963एर काठमाडौ केन्द्रीत आन्दोलन थालेको समेत २ साता बढि भएको छ । तर सरकारले वार्ताबाट समस्याको समाधान गर्नभन्दा दमनको बाटो लिएको मोर्चाको आरोप छ ।

तर सरकार भने पटक–पटक वार्ताका लागि औपचारिक पत्र पठाउँदा समेत मोर्चा वार्ताप्रति गम्भिर नभएको बताउँछ । सरकारले मोर्चाको आन्दोलनलाई तुक नभएको आरोप लगाएको छ । सरकारले वार्ताका लागि परराष्ट्रमन्त्री नेतृत्वको ११ सदस्यीय राजनीतिक समिति समेत बनाएको छ । तर मोर्चा भने वार्ताप्रति सकारात्मक नभएको बताएको छ ।

मोर्चाले भने समिति संयोजक नै संघीयता, गणतन्त्रबिरोधी भएको भन्दै त्यो समितिको कुनै अर्थ नरहेको बताउँछ । अर्कोतर्फ सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेको बताएपनि मोर्चाका नेताहरुले जानकारी नभएको बताएको छ । आन्दोलनरत दल र सरकारका बीचमा यस्तै आरोप प्रत्यारोप भइरहँदा सर्वसाधारणले भने सास्ती पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया