भक्तपुरमा अवैध रूपमा बनाइएका टहरा भत्काइने

भक्तपुर–जेठ १२ ।  भक्तपुरमा वन अतिक्रमण गरेर बनाइएका टहरा र घर भत्काइने भएको छ । भक्तपुर जिल्ला वन कार्यालयले नगरकोट नगरपालिकास्थित खरिपाटीदेखि नगरकोट टावरसम्म अवैधानिक रुपमा बनाइएका टहरा भत्काउने भएको हो । खरिपाटीदेखि नगरकोटसम्म वन र सडक अतिक्रमण गरेर टहरा, भट्टी पसल र रेस्टुरेन्ट तथा गेस्ट हाउससमेत निर्माण गरेपछि स्थानीयवासीको चर्को विरोधका कारण अतिक्रमित टहरा तथा रेस्टुरेन्ट भत्काउन लागिएको हो । अवैधानिक रुपमा खुलेका यस्ता टहरा र रेस्टुरेन्ट सञ्चालकले वन कार्यालय, सडक डिभिजन कार्यालय र नगरकोट नगरपालिकासाग समेत स्वीकृति नलिई सञ्चालन गर्दा लाखौंको राजस्वसमेत ठगी गरेका छन् ।जङ्गल फाडानी गर्दै निर्माण हुन थालेपछि स्थानीयवासीकै विरोधका कारण सडक तथा जङ्गल अतिक्रमण गरी बनाइएका टहरा, रेस्टुरेन्ट भत्काउन जिल्ला वन कार्यालयले १५ दिने सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया