नवलपरासीमा ट्रक दुर्घटना हुँदा ४ को मृत्यु

जेठ १२ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको  गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । बा २ क ११३७ नम्बरको मिनि ट्रक बुधवार विहान ५ बजे  दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुईको उपचारको क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी जनाएको छ  । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।

तपाईको प्रतिक्रिया