काठमाडौं– जेठ १२ । भूकम्पपछि ढलेको राजधानीको सुन्धारा स्थित धरहरा नेपालीकै लगानीमा बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गरे पनि धरहरा निर्माणमा विबाद कायम रहेपछि निर्माण कार्य अगाडी बढाउन सकिएको छैन ।
जनताको पैसाबाट बनाउने भनिएको धरहरा अझै पनि सञ्चालन एवं व्यवस्थापनको जिम्मा भने अझै नीजि ठेकेदार कम्पनी साइड वाकर्स प्रालिको हातमा छ । राष्ट्रिय सम्पदा जस्तो क्षेत्र पनि नीजि क्षेत्रलाई कमाउनको लागि प्रयोग हुने गरि ठेक्कामा दिएर विगतमा सरकारले गल्ति गरेको भन्दै स्थानियले ठेकेदार कम्पनीसागको सम्झौता खारेज गरेर मात्र धरहरा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मुलुककै पुरानो एतिहासिक धरोहर मानिने धरहरा क्षेत्रलाई थप व्यवस्थित बनाउन भन्दै महानगरपालिकाले २०५५ सालमा निजी ठेकेदार कम्पनी साईड वाकर्सलाई पााच वर्षका लागि ठेक्कामा दिएको थियो ।
त्यसपछि २०६१ सालमा पुन: २० वर्षकालागि महानगरपालिकाले यो कम्पनीसाग सम्झौता गरेको थियो । कम्पनीले मासिक दुई लाख पचासहजार रुपैयाा काठमाडौं महानगरपालिकालाई बुझाइरहेको छ भने बााकी आम्दानी कम्पनीले लाभ लिादै आएको छ । स्थानियको विरोध कायम रहादा के ठेकेदार कम्पनीसाग धरहरा संचालन र व्यवस्थापनको लागि गरेको सम्झौता खारेज होला त ? कसरी निर्माण होला त धरहरा यो प्रश्न विषय बनिरहेको छ ।