थारुहट/थारुवान संयुक्त संघर्ष समिति आन्दोलनमा जाने

काठमाडौं–जेठ ११ । थारुहट/थारुवान संयुक्त संघर्ष समितिले संघर्षका कार्यक्रम घोषणा गरेको छ । समितिले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रमहरुमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, काठमाडौ सहित थरुहट जिल्लामा विरोधसभा गर्ने, टिकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरुसँग छलफल गर्नेलगायत छन् । यस्तै जेठ ३० गते उपत्यकासहित थरुहट जिल्लामा आदिवासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरूको प्रतिलिपि जलाउनेलगायतका कार्यक्रम पनि रहेका छन् । समितिले प्रादेशिक संघर्ष समिति खारेज गर्ने, टिकापुर घटनाको अध्ययनप्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित एकसय १८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया