सरकारसँग वार्तामा बस्नुको अर्थ छैन : अशोक राई

asokकाठमाडौं–जेठ ११ ।  संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले सरकारसँग वार्तामा बस्नुको कुनै अर्थ नरहने बताउनुभएको छ । भक्तपुमा संघीय गठबन्धनले निकालेको र्‍यालीपछि पत्रकारहरुसंग नेता राईले संघिय गठबन्धनलाई वार्ताको लागि नबोलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केही नेतालाई मात्र फोन र म्यासेज पठाएकाले वार्तामा बस्नुको तुक नहुने बताउनुभयो । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीले गठबन्धनको आन्दोलनलाई कमजोर पार्न वार्तामा डाकेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया