फेरी नाकाबन्दी गर्छौ : राजेन्द्र महत्तो

काठमाडौं–जेठ ११ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशीमोर्चाले राखेको माग सम्बोधन नभए फेरि नाकाबन्दी गर्ने चेतावनी दिनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा अध्यक्ष chorमहतोले आफ्ना माग पूरा हुने संकेत नदेखिएको भन्दै पुन: आन्दोलन सशक्त पार्नुको विकल्प नभएको बताउनुभएको हो । उहाँले माग पूरा हुने विश्वासिलो आधार नभएकाले नै आजको सर्वदलीय बैठकमा गठबन्धन सहभागी नभएको जिकिर गर्नुभयो । अध्यक्ष महतोले कांग्रेस, एमाले र माओवादीका मधेशबाट निर्वाचित सांसद्हरूले धोका दिएकाले संघीय गठबन्धन मधेसी जनताको अधिकारका लागि लडेको दाबी गर्नुभयो ।

Published On:  334पटक हेरिएको

तपाईको प्रतिक्रिया