एजेन्सी–जेठ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट चीन भ्रमण हुने दिनको ठिक अघिल्लोदिन चीनले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा भारतको संलग्नता बारे विरोध जनाएको छ ।
चीनले उक्त बिषयमा भारत अपवाद भएको भन्दै सदस्य बनाउन नहुने तर्क अघि सारेको हो । उच्च स्रोतका अनुसार यो विषयले यही साता दुई देशबीच बहश हुने छ । राष्ट्रपति मुखर्जी मंगबार नै चीन जाँदै हुनुहुन्छ । मुखर्जीले चीनमा रहँदा हाई प्रोफाइल बिजनेश समितमा भाग लिने र चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ । चीन सरकारले परमाणु अप्रसार सन्धीमा हस्ताक्षर गर्ने विषय पनि यो अवशरमा उठाएको छ ।
चीनले भारत, पाकिस्तान र इजरायलजस्ता देशलाई एकै नजरले हेर्नुपर्ने धारणा राख्दै आएको छ । यता, चीनको यो दबावलाई भारतीय विदेश मन्त्रालयले फ्रान्सको नाम लिँदै एनएसजीको सदस्य भइसकेको उदाहरण अघि सारेको छ । फ्रान्सले परमाणु हतियारको व्यापार गर्दै आएको छ । फ्रान्स अप्रसार सन्धीमा हस्ताक्षर गर्ने मुलुक पनि हो ।
यद्यपि चीन भारतीय यो चाहनाको बिरुद्धमा देखिदा भारत अफ्ठ्यारोमा परेको छ भने दुई देशबीचको सम्बन्धमा समेत चिसोपना देखापर्ने आँकलन गरिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंकले एनएसजीमा संलग्न सबै सदस्यले परमाणु अप्रसार सन्धीमा हस्ताक्षर गर्नुपर्ने बताउँदै आएका छन् ।