घरेलु तथा साना उद्योगबाट २७ हजार बढीलाई रोजगारी

ghrelu udhogकाठमाडौं–जेठ ११ । घरेलु तथा साना उद्योगमा २७ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

स्थानीयस्तरमा उत्पादित वस्तुलाई उद्योगमार्फत विभिन्न ठाउँमा पु¥याउँदै आएको घरेलु तथा साना उद्योग विकास समितिले समितिअन्तर्गत २७ हजार ५६० जनाले रोजगारी पाएका हुन् । जसमध्ये महिला १६ हजार २६९ र पुरुष ११ हजार २९१ जना रहेका छन् । घरमै बसेर सानो लगानीमा काम गर्न सकिने भएकाले पछिल्लो समय यो पेसामा पुरुषभन्दा महिलाको आकर्षण बढेको हो ।

समितिको दोस्रो चौमासिक (साउनदेखि फागुन) सम्मको प्रगति विवरणअनुसार घरेलु उद्योग ३२० र साना उद्योग चार हजार ६५८ रहका छन् । यस्तै घरेलु उद्योगको निजी फर्म २८४, साझेदारी फर्म २६ र निजी उद्योग १० वटा दर्ता रहेका छन् । यस्तै, साना उद्योगतर्फ निजी फर्म चार हजार ४४५, साझेदारी फर्म १५९ र निजी उद्योग ५४ दर्ता रहेका छन् । यसैगरी, उत्पादनमूलक उद्योग ६२२, ऊर्जामूलक उद्योग ४१, कृषि तथा वनजन्य दुई हजार ६५, पर्यटन ७९७, खनिज ४८, सेवामूलक एक हजार ४०२ र निर्माण ४१ गरी पाँच हजार १६ उद्योग दर्ता भएको पाइएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत हाल ४८ जिल्लामा उद्योग सञ्चालनमा छन् । उक्त उद्योगको स्थिर र चालु पुँजी गरी रु चार अर्ब ७४ करोड ४७ लाख ९९ हजार रहेको छ । जसमध्ये स्थिर पुँजी रु दुई करोड ३८ लाख ५७ हजार र चालु पुँजी दुई अर्ब ७३ करोड ८६ लाख ५९ हजार रहेको छ । घरेलु र साना उद्योगबाट यो आवको दोस्रो चौमासिकसम्ममा रु दुई करोड ३५ लाख ४२ हजार २२ राजस्व सङ्कलन भएको छ । सीपमूलक तालिम लिएर उद्योग सञ्चालन गर्ने उद्यमीको संख्या वार्षिक रुपमा बढ्दै आएको छ ।
समितिले यसवर्ष भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि एक हजार ९३३ जनालाई डकर्मी, सिकर्मी, प्लम्विङ, हाउस वायरिङ, कपाल काट्नेलगायतका तालिम प्रदान गरेको छ । यस्तै पुनःनिर्माणका लागि चाहिने आवश्यक औजारलाई सहुलियत दरमा प्रदान गरेको छ

तपाईको प्रतिक्रिया