वार्ता र संवादबाटै आन्दोलनरत पक्षका माग सम्बोधन : प्रमुख दल

vlcsnap-2016-05-24-15h15m18s517काठमाडौँं–जेठ ११ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच वार्ता र सम्वादबाटै आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने सहमति भएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको संयुक्त बैठकले उदारताका साथ असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्दोलनरत दल अनुपस्थित भएको बैठमा वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने सुझाव दिएको थियो । कांग्रेसले आन्दोलनरत दललाई वार्तामा आमन्त्रण गर्न र सहमतिका लागि उत्प्रेरित गर्न आफु समेत तयार रहेको भन्दै निकासका लागि गम्भिर बन्न सरकार र अन्य दलका नेताहरुलाई सुझाब दिएको बताइएको छ ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले असन्तुष्ट दलका माग सम्वाद र छलफलबाटै समाधान गर्न सकिने भन्दै छिट्टै वार्ताले निरन्तर पाउने बताउनुभयो । माओवादी केन्द्रका नेता रामबहादुर थापाले मधेस केन्द्रित दलहरु वार्तामा उपस्थित नभए पनि कसरी समस्या हल गर्न सकिन्छ भन्ने सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख दलका दोस्रो तहका नेता एवम् साना दलका अध्यक्ष सहभागी भएका थिए ।
प्रधानमन्त्रीले मङ्गलबार मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाउदै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । मोर्चाका तर्फबाट गत वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफका रुपमा पत्र पठाइएको वार्ताको ढोका खोज्ने प्रयासका रुपमा उक्त पत्रलाई हेरिएको थियो ।

यता, मोर्चामा आबद्ध चार दललाई मात्र वार्ताका लागि पत्र आएकाले सङ्घीय गठबन्धनमा आवद्ध दलहरु बैठकमा सहभागी नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया