प्रधानमन्त्रीबाट मंगलबार सर्वदलीय बैठक आह्वान

KP-oli-PMकाठमाडौं–जेठ १०। मधेस समस्या समाधानका लागि भन्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

भोली साढे १० बजे बोलाइएको बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसकेन्द्रित दललाई निम्ता गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सर्वदलीय बैठकमा सबै दलको सहभागिता रहने अपेक्षा सहित सबै समस्या वार्ता तथा संवादबाट समाधान गर्न सफल हुँने विश्वास लिइएको छ ।

Published On:  360पटक हेरिएको

तपाईको प्रतिक्रिया