माओवादी केन्द्रले बनायो ९ सदस्यीय केन्द्रीय सचिवालय, देशका विभिन्न स्थानमा एकता सभा गर्ने

काठमाडौ–जेठ १० । नेकपा माओवादी केन्द्रको पहिलो बैठकले नौ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।
mohan-baidhyaकेन्द्रको बैठकबाट पारित सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, जयपुरी घर्तिमगर, कृष्णबहादुर महरा, मातृका यादव, मणि थापा र तिलक परियार रहनुभएको छ । यस्तै, माओवादी केन्द्रको बैठकले ९ सदस्यीय केन्द्रीय टिम, ५१ सदस्यीय सचिवलाय, १ सय ५१ सदस्यीय पोलिट्ब्यरो, ६ सय ९९ महाधिवेशन आयोजक समिति निर्माण गरेको छ ।

बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी पम्फा भुसाललाई दिएको छ । बैठकपछि प्रवक्ता भुसालले जनतासँग सम्बन्ध सुधारका लागि सिङगो पार्टी पंति परिचालन हुने बताउनुभयो । उहाँले माओवादी केन्द्रको बैठकले सात प्रदेश, जिल्ला र स्थानीयस्तरमा एकता अभियान सहित जनजागरण भेला गर्ने सहमति भएको बताउनुभएको छ । यस्तै, केन्द्रले जेठ २२ गते प्रदेश नम्बर ३ को राजधानीमा, २२ गते प्रदेश–२ को बर्दिवासमा, २४ गते प्रदेश–४ को पोखरामा, २६ गत प्रदेश–५ को दाङ, २८ गते ६ प्रदेशको सुर्खेत र असार ८ गते ७ औं प्रदेशको कैलालीमा भेल गर्ने भएको छ ।

असारको पहिलो सता माओवादी एकताको सन्देश आम जनमानसमा दिन भन्दै राजधानीमा जनप्रदर्शन गर्ने जानाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया