जरिवाना बढाइएको बिरोधमा जेठ १३ गते सार्वजनिक यातायात बन्द

traffic_yatayatकाठमाडौं–जेठ १०  । यातायात व्यवसायीले जेठ १३ गते देशभरका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

दुर्घटना रोक्न तथा यतायात क्षेत्रको मनोमानी कम गर्न भन्दै २० प्रतिशत भन्दा बढी ट्राफिक जरिवाना बढाइएको बिरोध गर्दै उनीहरुले यातायात बन्द सहितको आन्दोलन घोषणा गरेका हुन । सरकारले सुविधा दिनभन्दा नियम कार्यान्वयनका नाममा जरिवाना मात्र बढाएर समस्या थपिदिएको आरोप यातायात व्यवसायीको छ ।

ज्ञापन पत्र बुझेर पनि माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै आउँदो जेठ १३ गते देशभरका सार्वजनिक यतायात बन्द गर्ने घोषणामा यातायात व्यावसायी पुगेका हुन् । यसरी ९९ प्रतिशत निजी क्षेत्रको लगानी रहेको यातायात व्यावसायीको यातायात बन्द घोषणा सार्वजनिक यातायात प्रयोगकर्ताका लागि ठूलो समस्या बन्न सकछ । यसर्थ तत्काल यातायात व्यवसायी र सरकारले वार्तामा बसेर समास्या समाधानका लागि पहल गर्नु पर्छ ।

सरकारले यातायात व्यवस्था ऐन २०४९ को दफा १ सय ६४ मा रहेको जरिवाना ऐन संशोधन गर्दै ६ सय ५० प्रतिशत ट्राफिक जरिवाना बढाएर वैशाख १९ गतेदेखि देशभर लागु गरेको थियो । त्यसलगत्तै यातायात व्यावसायीहरु ट्राफिक जरिवानाविरुद्ध आन्दोलित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया