स्याङ्जा–जेठ १० । नेपाली कांग्रेसका नेता नेता गोपालमान श्रेष्ठले संविधानको कार्यान्वयन नभए सम्म स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताउनुभएको छ । नेपाली काग्रेस स्याङ्जा क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले ३४ सय रहेको गाविस १ हजारमा नझारे सम्म निर्वाचन नहुने ठोकुवा गर्नुभयो । नेता श्रेष्ठले मधेश आन्दोलनका जायज माग सम्बोधन गर्न सरकार नलागेको आरोप लगाउनुभयो । उहांले १३ औं महाधिवेशनपछि कांग्रेसमा भागबण्डाका राजनीति अन्त्य भएको पनि दाबी गर्नुभयो । योग्यताको आधारमा नेताहरुलाई पद बांडफांड गर्नुपर्ने उहांको भनाइ छ ।