राजधानीमा लेन र जेब्राक्रसिङ नछुट्याइँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं– जेठ १० । राजधानीमा विस्तारको काम सकिएका कतिपय सडकमा जेब्रा क्रसिङ र लेन छुट्याइएको छैन । जसले गर्दा सर्वसाधरणले दिनहुँजसो सडक सास्ती झेल्नुपरेको छ ।

123एकातिर सडकमा बाटो काट्नका लागि जेव्रा क्रसिङ नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ अर्कोतिर सडकमा लेन नहुँदा सवारी चालकलाई पनि समस्या भएको छ । ट्राफिक प्रहरीले बाटोमा राखिएका रोड डिभाइडर हटाएर लेन अनुशासनलाई कडाई गरेको बताएपनि कति ठाउँमा छ लेन नै छुट्याइएको छैन ।सडकमा जेब्राक्रसिङ र लेन नछुट्याउँदा सडक दुर्घटनको जोखिम पनि बढेको छ । हुनत सरकारले यात्रुको सुविधालाई मध्यनजर गर्दै बढी भीडभाड हुने ठाउँमा आकशे पुल बनाउने योजना बनाएपनि बनाएको छ । तर कार्यान्वयन कहिले हुन्छ भन्ने कुराको टङ्गो छैन ।

सार्कलाई मध्यनजर गर्दै सरकारले ४८ किलोमिटरमा सडक विस्तार गरेको थियो भने यसअघि ६८ कलिोमिटर सडक विस्तार गर्ने काम सकिएको छ । तर विस्तारित सबै सडकमा लेन हिड्नका लागि जेव्राक्रसिङ बनाइएको छैन ।

तपाईको प्रतिक्रिया