पूर्वी नेपालमा नाक, कान घाटीका विरामी बढे

eeजेठ १० । पूर्वी नेपालमा नाक, कान र घाटीका बिरामी बढ्दै गएका छन् । अत्यधिक गर्मीका साथै धुँवा र धुलोका कारण विराटनगरका विभिन्न अस्पतलामा नाक, कान र घाटीमा समस्या भएका बिरामीको संख्या बढेको हो । चिकित्सकहरूले ईएनटीसम्बन्धी समस्या भएका बिरामीलाई समयमै उपचार गर्न सुझाव दिन्छन् । नाकमा हुने समस्याले कान र घाटीमा समेत असर पर्ने भएकाले पनि हेलचक्र्याई गर्नु नहुने उनीहरूको सल्लाह छ । विराटनगर अस्पतालमा मात्रै हरेक महिना २५ देखि ३० ईनटीका जटिल समस्या भएका बिरामीको शल्यक्रिया हुने गर्छ ।

तपाईको प्रतिक्रिया