नेविसंघले घेर्‍यो बालुवाटार

काठमाडौं–जेठ १० । कालोबजारी नियन्त्रण गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवाश बालुवाटार घेराउ गरेको छ । नाकाबन्दी अन्त्य भई पेट्रोलियम पदार्थ सहित अन्य उपभोग्य बस्तुहरुको सहज आयात भईरहेपनि कालोबजारीको कारण उपभोक्ताले सहज रुपमा पेट्रोल तथा अन्य उपभोग्य बस्तु पाउन नसकेको विरोधमा नेविसंघले बालुवाटर घेराउ गरेको हो । नेविसंघले सरकारले नै कालोवजारी संरक्षण र शैक्षिक क्षेत्रको व्यथितिलाई संरक्षण गरिरहेको आरोप लगाएको छ । घेराउ गर्न नेविसंघका नेता तथा कार्यकर्ताहरु रित्तो ग्याँसका सिलिण्डर र खाली जानीका जार सहित बालुवाटार पुगेका थिए ।

तपाईको प्रतिक्रिया