काठमाडौं–जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैअवसरमा आज काठमाडौंमा युगचरण सिद्धिचरण प्रतिष्ठानले पनि कार्यक्रम गर्यो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीले युगकवि सिद्धिचरणका सृजनाबाट आफूलाई पनि धेरै प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा भारत सिक्किमका साहित्यकार पवन चामलिङ किरणलाई पुरस्कृत गरिएको थियो ।