पाल्पा–जेठ ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बजेट निर्माण पछि सरकार परिवर्तन गर्ने कुरा हल्ला निराधार भएको बताउनुभएको छ । प्रेश चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले सरकार परिवर्तनको विषयमा कुनै लिखित सहमति नभएकोले यही सरकारले बजेट ल्याउने र यही सरकारले नै कार्यान्वयन गर्ने बताउनु भयो । उहांले सरकार आगामी मंसिरमा स्थानिय निकाय निर्वाचनको लागी सरकारी तयारीमा जुटेको स्पष्ट पार्नुभयो । संविधान सभाको निर्वाचनमा सवै राजनितिक दलहरुले स्थानीय निकायको निर्वाचन गर्ने घोषणापत्र जारी गरिसकेकोले आगामी मंसिर स्थानीय चुनाव हुने आधार रहेको बताउनु भयो । उहांले ९० प्रतिशत जनता बाट जारी संविधान कसैको आन्दोलनको भरमा पुर्नलेखनको संभावना नभएको स्पष्ट पार्नुभयो ।