सरकारको बजेट ल्याउने तयारी

काठमाडौं–जेठ ९ । सरकारले आगामी आर्थिक वर्ष झण्डै १० खर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ । आगामी १५ गते सार्वजनिक हुने बजेट इतिहासकै जनमुखी हुने सरकारले दाबी गरेको छ । तर अर्थविद् भने बजेटको आकार ठुलो हुँदा धान्न नसक्ने शंका गरेका छन् ।

उनीहरुले विकास बजेट खर्च गर्न नसक्ने अहिलेकै संयन्त्रका कारण ठुलो आकारको बजेटले अप्ठ्यारो हुनसक्ने बताएका छन् । नेपाली अर्थतन्त्र भारतीय अर्थतन्त्रमा निर्भर रहेकाले भारतमा आएको बजेटलाई हेरेर बजेट बनाउनुपर्ने विज्ञको मत छBudget । नेपाली अर्थतन्त्रमा प्रमुख हिस्सा रहने कृषि क्षेत्रमा भारतीय सरकारले दिएको सुबीधाका कारण नेपाली उत्पादनको तुलनामा भारतीय खाद्यान्न सस्तो पर्ने भएकाले आयात झन् बढ्न सक्ने विज्ञको चिन्ता छ । उनीहरुले भन्छन्, नेताको आवेगमा बजेट बनाउने काम बन्द गरी आवश्यकताका आधारमा बजेट निर्माण हुनुपर्ने अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालले बताउनुभयो ।

सरकारले विद्यार्थीलाई सर्टिफिकेटका आधारमा ऋण दिने, एक घर एक रोजगार सिर्जना गर्ने, १० युवा एक उद्यम जस्ता विभिन्न नयाँ कार्यक्रम ल्याएको र भूकम्पपछिको पुर्ननिर्माणमा काम गर्नुपर्ने भएकाले बजेटको आकार बढ्ने बताएको छ ।

तपाईको प्रतिक्रिया