काठमाडौं– जेठ ९ । कृषिमन्त्री हरिवोल गजुरेलले वैज्ञानिक तथा व्यवस्थित भूमिसुधार विना नेपालको कृषि विकासमा आमुल परिर्वतन हुन नसक्ने बताउनुभएको छ । काठमाडौमा आज भएको अलैची विकास बोर्ड गठनको औचित्य विषयक अन्र्तक्रियामा मन्त्री ग
जुरेलले वैज्ञानिक भुमिसुधार विना कृषिमा आमुल परिर्वतन हुननसक्ने बताउनुभएको हो । उहाँले नेपालमा भुमि सुधार गर्नु अत्यन्तै महत्वपूर्ण भए पनि कार्यान्वयन गर्न निकै चुनौतीप्ुर्ण भएको बताउनुभयो । मन्त्री गजुरेलले अलैची विकास वोर्ड गठन गर्न सरकार तयार रहेपनि अलैची विकासको लागि स्पष्ट खाका आउनुपर्नेमा जोड दिनुभयो ।