पर्यटन प्रवर्धनका लागि ‘मिसन कोरला–२०१६’

कास्की–जेठ । नेपालमा चीनिया पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ ।
Upper-Mustang-Photoपोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल पर्यटन बोर्डको सहयोगमा ‘मिसन कोरला–२०१६’ कार्यक्रम हुन लागेको हो । अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध संघ संस्थासँगको अन्तरक्रिया सहित जेठ १३ गते सम्पन्न हुने पोखरा पर्यटन परिषद्ले जानकारी दिएको छ । पोखरा पर्यटन परिषद्का अनुसार मिसन कोरला–२०१६ मा पर्यटन सम्बद्ध उद्योग व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागि हुनेछन।
पोखरासहित नेपालका पर्यटकीय सम्भावनालाई उजागर गर्न यस किसिमका भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । पोखरा आउने पर्यटक यहाँबाट उच्च हिमाली शृृङ्खलाको अवलोकन गर्दै ऐतिहासिक स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान नयाँ पदमार्ग खोल्न भ्रमणले भुमिका खेल्ने छ ।

सरकारले समेत २०७३ साललाई पर्यटन प्रर्वधन प्रचार–प्रसारका लागि भन्दै घुमफिर वर्षका रुपमा घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया