जारी आन्दोलनमा बैद्य माओवादीको साथ, बादल समूहलाई आत्मसमर्पणबादीको आरोप

mohan-baidhyaकाठमाडौं–जेठ ८ । मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले असार पहिलो साता राष्ट्रिय भेला आह्वान गरेको छ ।
रामबहादुर थापा बादल समूह पार्टीबाट अलग भएपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षको बैद्यको राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रतिवेदनमा दुई लाइन संघर्षलाई एकता, संघर्ष र रुपान्तरणको विधिबाट समाधान गर्ने केन्द्रको प्रयास असफल भएको बताइएको छ । प्रचण्ड नेतृत्वको एमाओवादीसँग भएको १२ बुँदे सहमतिले पार्टी विभाजन भएको भन्दै बैद्यले एकताका नाममा बादल समूहले आत्मसमर्पण गरेको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादी भएको आरोप सहित बैद्यले उससँग एकता नगर्ने निर्णय प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

अध्यक्षको प्रतिवेदनपछि बसेको बैठकले असार ५ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको बताइएको छ । यस्तै, नेकपा क्रान्तिकारी माओवादीले मधेसी, थारु, जनजाति आन्दोलनका जायज मागको सम्बोधन गर्न उनीहरुले सुरु गरेको आन्दोलनमा सहभागी हुने निर्णय गर्दै राष्ट्रियता र जनजीविकाका सवालमा छुट्टै कार्यक्रम गर्ने समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया