लुम्बिनी–जेठ ८ । सिके राउतका २२ कार्यकर्ता लुम्बिनीमा पक्राउ परेका छन् । बुद्ध जयन्तीको अबसरमा लुम्बिनीमा आयोजित कार्यक्रम स्थल अघि उत्तेजक नाराबाजी गर्दै गर्दा स्वतन्त्र मधेश गठबन्धनका २२ जना कार्यकर्ता पक्राउ परेका हुन् ।
गठबन्धनका कार्यकर्ताहरुले कार्यक्रम स्थलमा स्वतन्त्र मधेश जिन्दावाद, सीके राउत जिन्दावाद जस्ता नारा लगाए र उत्तेजना फैल्याएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वतन्त्र मधेशको नारा लगाएर अवस्था विगार्न खोजेपछि नियन्त्रणमा लिएको र पक्राउ पर्नेमा बाँके र रुपन्देही जिल्ला गठबन्धनका संयोजकहरु समेत रहेको बताइएएको छ ।