अहिलेकै अनुपातमा नाफा कमाए ४ महिनामा ऋण चुक्ता : आयल निगम

nepal_oil_corporationकाठमाडौं–जेठ ८ । मे महिनाको पहिलो १५ दिने कारोबार र आउँदो प्रक्षेपण हेर्ने हो भने अब आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिएको छ ।

यो आँकडा अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउनु पर्ने बाध्यात्मक अवस्था आएन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण चुक्ता गर्नेछ । निगमले मेको पहिलो १५ दिनमा मात्रै पेट्रोलियम पदार्थको कारोबारबाट ६६ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । यहि अनुपातमा कारोबार भएमा अबको १५ दिनमा ४३ करोड मुनाफा हुने प्रक्षेपण निगम आफैले गरेको छ ।

अपेक्षाकृत लाभ मिले निगमले मे महिनामा मात्रै १ अर्ब १० करोड मुनाफा पाउँने छ । अहिले नेपाल आयल निगमले अन्र्तराष्ट्रिय बजार मूल्यका आधारमा मूल्य समायोजन गर्दै पेट्रोलियम कारोबार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया