के आयल निगमले बोनस बाड्ला त ?

काठमाडौं–जेठ ८ । अहिले नेपाल आयल निगमले ग्यासमा प्रतिसिलिन्डर १ रुपैया ५० पैसा घाटा ब्यहोरोपनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा कमाईरहेको छ । निगमको पाक्षिक ४० देखि ५० करोड नाफा छ । निगमले मूल्य समायोजन प्रणाली लागु गरेपछि ३६ अर्व ८६ करोड ७० लाख तिर्न बाँकी रहेको बक्यौता पनि चुक्ता गर्न लागेको छ । निगमले अब सरकारको ४ अर्व ऋण तिर्न बाँकी छ । अहिलेको अनुपातमा नाफा भए ४ मoli nigamहिनामा निगमले सबै ऋण तिरिसक्ने छ । नाफा चुक्ता गरेसँगै निगमका कर्मचारीलाई बनोस बाड्ने कुरा पनि चलिरहेको छ । अहिलेको सन्दर्भमा कर्मचारीलाई तत्कालै बनोस नबाडिने आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेको भनाइ छ ।

लामा समयदेखि उपभोक्ताले सहज रूपमा सबै किसिमका पेट्रोलियम पदार्थ पाउन सकेका छैनन् । तर, यसै अवधिमा निगमले राम्रो नाफा कमाउन सफल भएको छ । पछिल्लो ९ महिनादेखि उपभोक्ताले पेट्रोलियम पदार्थकै लागि कुनै न कुनै रूपले सास्ती पाइरहेका छन्, तर, निगमका लागि भने यही नौ महिना फलिफापको अवधि रह्यो । हुन त अहिले अन्य पेट्रोलियम पदार्थमा सहजता आए पनि ग्यासको समस्या भने अझै समाधान हुन सकेको छैन । नियम अनुसार हेर्ने हो भने नाफा भएको खण्डमा नाफाको १० प्रतिशत बोनस बाड्न पाउने अवस्था छ ।

तपाईको प्रतिक्रिया