माओवादी केन्द्रमा पदाधिकारी विवाद

12गत बिहिबार भएको १० माओवादीबीचको एकतासंगै विवाद पनि सुरु भएको छ । एकीकृत माओवादीसहित १० घटकबीच एकता भई नेकपा माओवादी केन्द्र बनेपछि वरियताक्रम र पदाधिकारीको आकांक्षि धेरै भएपछि विवाद भएको हो । यहि विवादका कारण केन्द्रले अध्यक्षबाहेक अन्य पदाधिकारीको चयन गर्न सकेको छैन । तर केन्द्रका नेताहरु भने १० पार्टीबीच एकता भएको कारण सामान्य बहसउ हुनुलाई विवाद मान्न नहुने बताउंछन् । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । विभिन्न समूहका माओवजादीलाई मिलाउनकै लागि आयोजक समितिको संख्या बढाइएको उसको दावी छ । संख्या धेरै देखिएपनि सिद्धान्तमा मतऐक्यता भएकै कारण पार्टी एकता भएकाले संख्याकै आधारमा टिका टिप्पणी गर्न नहुने उनीहरुको दावी छ ।

तपाईको प्रतिक्रिया