राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता : नेता नेपाल

madavधनुषा–जेठ ८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सबै दलको सहभागिता सहितको राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

जनकपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले धेरै काम र कुरा कम गर्ने पद्दतिको विकाससँगै राष्ट्रिय सहमति अहिलेको अपरिहार्यता भएको बताउनुभएको हो । सविधान बारे रहेका असन्तुष्टिको दिगो समाधानका लागि वार्ताको वातावरण बनाउनुपर्ने दाबी गर्दै नेता नेपालले संविधानप्रति असन्तुष्टि, द्विविधा र अविश्वास हटाउने दायीत्व सरकारको भएको बताउनुभयो । जनतालाई पीडा, कष्ट दिने काम कुनै पक्षबाट हुन नहुँने भन्दै उहाँले विकास र समृद्धिका लाई सिंगो राष्ट्र एक हुनुपर्ने बताउनुभएको थियो ।

२ नं प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेको जीकिर गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले सप्तरीदेखि पर्सासम्म पहिलो चरण, लुम्बिनीसम्म दोश्रो चरण गर्दै रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटन लगायतको विकास गर्ने गरि कार्ययोजना बन्दै गरेको खुलासा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया