ललितपुर–जेठ ८ । ट्रक यातायात व्यवसायीहरुले सरकारले लागु गरेको सवारी जरीवाना शुल्क बृद्धिको आलोचना गरेका छन् । ट्रक यातायत व्यवसायी महासंघले आज ललितपुरमा गरेको कार्यक्रमका सहभागि यातायात व्यवसायीहरुले सरकारले लागु गरेको सवारी जरीवाना शुल्क बृद्धि अव्यवहारिक भएको भन्दै विरोध गरेका हुन् । उनीहरुले ट्रक व्यवसायीहरु विभिन्न समस्याका कारण धरासायी भईरहेको अवस्थामा सरकारले झन् जरीवाना शुल्कमा बृद्धि गरेर यातायात व्यवसायलाई नै संकटमा पार्ने काम गरेको आरोप लगाएका छन् । सरकारले यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १ सय १६४ लाई संशोधन गरेर गत शनिवारदेखि लागु हुने गरी सवारी जरीवाना शुल्क बृद्धि गरेको थियो ।