बुद्ध जयन्ती समारोह शुरू

जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५  सय ६० औं बुद्ध जयन्ती समारोहको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारी आज बुद्धको जन्मस्थल लुम्बिनीमा समारोहको उद्घाटन गर्नुभएको हो । उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता छ ।बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया