एजेन्सी–जेठ ६ । अफगानिस्तानको दक्षिणी प्रान्तमा बिहीबार १० जना प्रहरी मारिएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्तमा अवस्थित जफर खेल क्षेत्रको प्रहरी चौकीमा कार्यरत एक प्रहरीले आफ्नो साथीको गोली हानी हत्या गरेका हुन ।
अफगानिस्तानको सो प्रहरी चौकीमा यसअघि समेत यस्तै हत्या भएको बताइएको छ । प्रहरीले आफ्नै दश जना साथीको ज्यान लिएको यो घटनालाई अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको छ । हत्यापछि हतियारसहित प्रहरी भागेको र खोजी कार्य जारी राखेको गृहले जनाएको छ ।
यता, हत्यारा प्रहरी आफ्नो मान्छे भएको भन्दै तालिवान विद्रोहीले घटनाको जिम्मेवारी लिँएको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् ।