काठमाडैं–जेठ ६ । भारतीय राजदूत रणजीत रायले नेपाल–भारतबीचको सम्बन्धमा अवेगात्मक नभई भावनात्मक भएको धारणा राख्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा राजदूत रायले नेपाल–भारत सम्बन्ध सदियौंदेखिको पारस्परिक र आपसी सहयोगका रूपमा विकास भएको बताउनुभएको हो । उहाँले दुई देशबीचका जनता–जनताबीच घनिष्ट सम्बन्ध रहेको पनि बताउनुभयो । राजदूत रायले गत वर्ष नेपालमा आएको विनाशकारी भूकम्पपछि भारत सरकारले घोषणा गरेको १० हजार करोड भारतीय रूपैंयाँ नेपालको पुनर्निर्माणका लागि भएको पनि बताउनुभयो ।