लमजुङमा यात्रुबस दुर्घटना ९ को मृत्यु, १० जना घाइते

लमजुङ– जेठ ६। लमजुङको तामाखानीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १० बढी घाइते भएका छन् ।

lamjung-durghatana-bus-(1मध्य नेपाल नगरपालिका ५ मा पर्ने तामाखानीमा ना ६ ख ४१३६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी र स्थानीयका अनुसार बस कच्ची सडकबाट करीब ४ सय मीटर तल खसेको छ ।

bus-acc-lamjungदुर्घटनामा परि ९ जनाको मृत्यु भएको भएको तथा १० बढी घाइते भएको बताइएपनि मृतक तथा घाइतेको सनाखत हुँन सकेको छैन । घाइतेको उद्दारसँगै घटना बारे अनुसन्धान थालिएको स्थानीय प्रहरीको दाबी छ । प्रहरीका अनुसार घटना बारेको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया