सामाजिक सञ्जालमा कुन नेता अगाडि ?

  काठमाडौं–जेठ ५ । सूचना आदान प्रदानका लागि सामाजिक सञ्जाल उपयुक्त माध्यम गएका छन् । सर्वसाधारण मात्र होइन राजनीतिक कर्मीहरूको पनि सामाजिक सञ्चालमा उपस्थिति बढ्दो छ । नेपालमा फेबबुकको लाइक पेजमा सबैभन्दा अगाडि रहेका राजनीतिकर्मी हुन् पूर्वप्रधानमन्त्री तथा हाल नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्राई । भट्राईको लाइक पेजमा मिति २०७३ साल बुधवार दिउँसोसम्म ११ लाख ६१ हजार २० लाइक गरेका छन् । त्यस्तै बाबुराम भट्राईपछि नेकपा एमालेका नेताBaburam 1 रविन्द्र अधिकारीको फेसबुकमा एक लाख ६० हजार ७ सय ८८ जनाले लाइक गरेका छन् । एमालेका युवा नेता रविन्द्र अधिकारीपछि कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको फेसबुकमा पेजमा १ लाख २३ हजार २ सय ४६ ले लाइक गरेका छन् । गगन थापा पछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको फेसबुक पेजमा ८९ हजार ५ सय ५४ जनाले लाइक गरेको छन् । त्यस्तै गरी राप्रपा अध्यक्ष कमल थापा पछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको फेgagan-thapa.1सबुक पेजमा ६५ हजार ७ सय ४० लाइक गरेका छन् । समाजिक सञ्जालमा फेसबुकमा माथि उल्लेखित नेताहरू वाहेक अरू नेताको खासै उपस्थिति देखिदैन । फेसबुक अन्य शिर्ष नेता भेटिएपनि ति एकाउन्टहरूले फेसबुक बाट फेरिफाई समेत भएका छैनन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्राई, एमाले युवा नेता रविन्द्र अधिकारी, कांग्रेसका युवा नेता गगन थापा र राप्रपाका कमल थापा नै फेसबुकमा लगातार अपडेट भइरहने नेता हुन् । उनीहरूले अपटेड गरेका स्टाटसहरूमा त्यही अनुसारको प्रतिक्रिया आएको पनि देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल, कांग्रेस सभापति शेरबहादूर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सबैका नाममा फेसबुक पेज भएपनि खासै अपडेट भएको देखिदैन । त्यस्तै, सामाजिक सञ्जाल ट्विटरमा राजनीतिकर्मीहरू मध्Rabindr 1ये डाक्टर बाबुराम भट्राई नै अघि रहनुभएको छ । उहाँलाई झण्डै ४ लाख १९ हजार २ सय ७४ जना ले फलो गरेका छन् । ट्विटरमा बाबुराम भट्राईपछि गगन थापा, कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका फलोरर्सहरू बढि रहेका छन् । यी वाहेक अरू नेताको ट्विटरमा त्यति बाक्लो उपस्थिति देखिदैन ।

तपाईको प्रतिक्रिया