संघीय गठवन्धनले गर्यो जुलुस र आमसभा सहितको थप आन्दोलन घोषणा

काठमाडौं–जेठ ५ । संघीय गठबन्धनको संयुक्त आन्दोलन मूल परिचालन समतिले आन्दोलनलाई निरन्तरता दिने निर्णय सहित जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकले माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै थप कार्यक्रम घोषणा गरेको हो । सार्वजनिक भएका आन्दोलनमा काठमाडौं उपत्यकाका विभिन्न सडकमा जुलुस निकाल्ने देखि वीरगंज र पोखरामा आमसभागर्नेसम्म रहेका छन् ।

जेठ ६ गतेदेखी १५ गतेसम्म काठमाडौं उपत्gathabandan baithakयकाका विभिन्न स्थानमा जुलुस निकाल्ने तय गरेको गठबन्धनले जेठ १६ र १७ गते क्रमशः विरगञ्ज र पोखरामा आमसभा गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया