पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं–जेठ ५ । पहिरोका कारण एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढ सडक खण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

muglin jamपहिरो हटाएर सडक सुचारु गरिएपछि जाममा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान आउने क्रम भइरहेको छ । मंगलबार साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातफी मात्र खुलाइएकोमा आज बिहानबाट  दुईतर्फी खुलाइएको थियो । यातायात सहज बनेपछि रोकिएका यात्रुले सुविधा महशुस गरेका छन् ।

pahiroमङ्गलबार साँझ भारी वर्षासँगै चण्डीभज्ञ्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेपछि बाटो अबरुद्ध बनेको थियो । विस्तारको क्रममा रहेको यो सडक खण्डमा सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ । एक हत्तामै यस क्षेत्रमा दुईपटक पहिरो खसेर बाटो अवरुद्ध भइरहेको छ ।

तपाईको प्रतिक्रिया