महोत्तरी–जेठ ५ । एकीकृत नेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतो कुटपीट घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले कुटपीटको घटनामा संलग्न भएको अभियोगमा लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई नीजहरुको घरबाटै पक्राउ गरेको हो । घटना घटाएर फरार रहेका उनीहरुलाई प्रक्राउ गर्न सफल भएको प्रहरी दाबी छ ।
अभियुक्त उपर म्याद थप गरि आवश्यक छानविन प्रक्रिया थालिएको प्रहरी दाबी छ । उनीहरुमाथी सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको अभियोग छ । गम्भीर घाइते पूर्वसभासद् महतोको अहिले पनि जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
हाल महतो वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य हुनुहुन्छ ।