चिनियाँ राष्ट्रपति अक्टोबरमा नेपाल आउँदै, भ्रमणले औपचारिकता पाउन बाँकी

काठमाडौं–जेठ ५ । चिनियाँ राष्ट्रपति सि जिनपिङे आगामी अक्टोबरमा नेपालको भ्रमणमा आउने बुझिएको छ ।

Xi_Jinping_2624743fअन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङलाई सरकारको निम्ता पुगेपनि दुबै अनुपस्थित हुने निश्चित जस्तै भएको छ । यता, वौद्ध सम्मेलनमा सहभागि हुन असमर्थता जनाउनुभएका चिनियाँ राष्ट्रपति सिले भने आगामी अक्टोबरमा नेपालको भ्रमण गर्ने बुझिएको छ । उच्चस्तरीय भ्रमणबारे पूर्वप्रचार नगर्ने चिनियाँ नीतिअन्तरगत यो भ्रमण बारे अहिले स्पष्ट बताइएको छैन ।
चिनियाँ राष्ट्रपति सि आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा हुँने ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन जान लागेको समयमै काठमाडौं भ्रमणमा आउने संकेत आएको हो । नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले समेत चिनियाँ राष्ट्रपतिले गोवा भ्रमणका बेला नेपालको भ्रमण मिलाउने गृहकार्य भएको जानकारी दिएपनि यो भ्रमण बारे थप स्पष्ट गर्न चाहेको छैन ।

भारतको अध्यक्षता रहने शिखर सम्मेलनमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सरकार प्रमुखहरुको  सहभागीता रहने बताइएको छ । ‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण गर्ने समझदारी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया