संघीय गठबन्धनबाट फेरी आन्दोलनको घोषणा

काठमाडौं–जेठ ५ । आन्दोलनरत संघीय गठवन्धनले थप १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा  बसेको संघीय गठवन्धनको बैठकले थप १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलन कार्यक्रमको विस्तृत खाका भने आज दिउँसो शान्तिवाटीकामा हुने विरोधसभावाट घोषणा गरिने गठवन्धनले जनाएको छ । बैठकले काठमाडौ केन्द्रीत आन्दोलन पूर्णरुपमा सफल भएको निष्कर्ष समेत निकालेको छ । गठवन्धनले आन्दोलन यसअघि कुनै एक समुदायको मात्र भएको भन्ने भ्रम परेकोमा काठमाडौ केन्द्रीत आन्दोलनले सबै उत्पीडित नेपालीको राष्ट्रिय आन्दोलनको रुपमा जनताले बुझेको ठहर गरेको छ ।

Published On:  308पटक हेरिएको

तपाईको प्रतिक्रिया