काठमाडौँ–जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटले नेपाललाई स्वाभिमान, समृद्ध र विकसित मुलुकको रुपमा चिनाउन भुमिका खेल्ने दाबी गनुभएको छ ।
मङ्गलबार काठमाडौंमा अखिल नेपाल महिला सङ्घ राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकसित हुँने भन्दै बजेटले विकासको नयाँ गोरेटो केर्ने बताउनुभएको हो नेपाललाई अगाडि बढ्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएका प्रधानमन्त्री ओलीले आगामी आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुँने जिकिर गर्नुभयो । गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिन राज्य लागि गरेको भन्दै उहाँले सामान ढुवानी गर्न नयाँ नाका खोलिने पनि बताउँनुभयो ।
केही समयपछि नेपाल सरकारले आफैले बन्दरगाह लिने र सञ्चालन गर्ने दाबी गर्नुभएका प्रधानमन्त्री ओलीले आफैँ पानीजहाज किनेर तीन दिनमा सामान नेपाल ल्याउँने टिप्पणी गर्नुभएको थियो । उहाँले छिट्टै हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने उद्घोष गनुभएको थियो ।
एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा अघि बढेको भन्दै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने बताउनुभएको थियो । बुधबारसम्म चल्ने परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिला सहभागि छन् ।