बालुवाटार झडपपछि सुरक्षा तैनाथी बढाइयो

काठमाडौं– जेठ ४ । काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा गरेको घेराउ कार्यक्रममा झडप भएको छ ।

Police-baluwatarअहिले बालुवाटार क्षेत्रको सुरक्षा संबेदनशिलतालाई मध्येनजर गर्दै सुरक्षा तैनाथी बढाइएको छ ।  आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि दोहोरो झडप भएको हो । झडपमा परि केही प्रहरी र केही आन्दोलनकारी समान्य घाइते भएको बताइएको छ । आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको गठबन्धनले आज आन्दोलनलाई प्रभावकारि बनाउन भन्दै बालुवाटार घेराउको कार्यक्रम गरेको जनाएको छ । बालुवाटार घेराउका क्रममा भाटभटेनीबाट अघि बढ्न खोज्ने

Gathabandhan-Morcha-2गठबन्धनका नेता तथा कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप भएको थियो । मधेशी जनजाति र पीछडा वर्गको प्रतिनिधित्व नभएको संविधान खारेजीको माग गर्दै गठबन्धनले यही जेठ १ देखि काठमाडौंकेन्द्रीत आन्दोलन सुरु गरेको थियो । गठबन्धनले बालुवाटार घेराउ गर्ने भनेपछि स्थानीय प्रशासनले बालुवाटारको सुरक्षा ब्यवस्थालाई मध्येनजर गर्दै निषेधित क्षेत्र बढाएर सुरक्षा तैनाथी बढाएको छ ।

तपाईको प्रतिक्रिया